बि.स. : २०८२ चैत्र १९, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिए

Aarya News Desk 3854  पटक हेरिएको

विराटनगर। मतगणनाको पहिलो दिनदेखि तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । पहिलो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको अग्रतालाई पछि पार्दै पहिलो स्थानमा पुगेका हुन् ।

इच्छाकामना गाउँपालिकाको मत गणनामा १०४०५ गणनामा उनको मत २९७८ थियो । कालिका नगरपालिकाको गणना सुरु गरेपछि लामिछानेले अग्रता बढाएका हुन्।

दोस्रोमा एमालेका कृष्णभक्त पोख्रेल र नेपाली कांग्रेसा उम्मेदवार उमेश श्रेष्ठ तेस्रोमा छन् । लामिछानेले ४ हजार ७ मत प्राप्त गरेका छन्। एमालेको पोख्रेल ३ हजार ८७९ र काङ्ग्रेसका श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।

प्रकाशित मिति: २०२२-११-२२ , समय : १५:२७:२३ , ३ वर्ष अगाडि

error: Content is protected !!