बि.स. : २०८२ चैत्र १९, शुक्रबार

राष्टपतीले संविधान नमान्दा नागरिकता विद्येक पास भएन: कोईराला

राजीव कुशवाहा 2591  पटक हेरिएको

विराटनग। नागरिता विद्येक पास नहुदा नागरिक योग्य सर्वसाधारणहरुले गैरनागरिक बनेर बस्नुपरेको पिडा पोखेका छन । चुनाउ प्रचर प्रसारका क्रममा विराटनगर ११ आज पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला समक्ष स्थानीयले पिडा पोखेका हुन ।

सर्वसाधारणको प्रश्नमा मोरङ क्षेत्र न. ६ का प्रतिनिधि सभाका उमेदवार डा. कोईरालाले राष्टपतीले संविधान नमान्दा नागरिकता विद्येक पास नभएको जवाफ दिएका छन । विराटनगर ११ को चुनावि सभालाई संम्बोधन गर्दै नेता कोईरालाले सदनबाट दुईपटक पास गरेर पठाएको नागरिकता विद्येक पास नगरेर राष्टपतीले संविधान उल्लंघन गरेको आरोप लगाए ।

मंशिर ४ को निर्वाचन पछी बन्ने यो यहि गठबन्धन सरकारले नागरिकता विद्येक पास गर्ने बताए । उनलेभने, मैले जिते भने सदनमा पुगेर नागरिकता विद्येक पास गराउन सहयोग गर्छु । विराटनगर ११ का स्थानीयले नागरिकता बनाउन नपाउदा उमेर पुगेका सर्वसाधारणले राज्यबाट पाउने सेवा सुविधा लिन नपाएको गुनासो गरेपछी उनिहरुको जवाफ दिने क्रममा नेता कोईरालाले गठबन्धनको नेतृत्वले चुनाउ जिते नागरिकता विद्येक पास गर्न सहयोग गर्ने बचन दिए ।

उमेदवार कोईरालाले वस्तीलाई डुवान मुक्त गर्न सिंघिया खोलाको तटबन्धन गर्ने बताएका छन । उनले भने, दुहवि देखि रानि सम्म सिंहिया खोलाको तटवन्धन गर्ने छौ त्यसकालागी डिपिआर भईसक्या बजेट पनि रातो कितावमा आई सकेको छ, अब ठेक्का लाग्न बाँकी छ।

प्रकाशित मिति: २०२२-११-०६ , समय : १२:५१:४० , ३ वर्ष अगाडि

error: Content is protected !!