बि.स. : २०८२ आषाढ २४, बुधबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

प्रदेश नम्बर एक सहित देशका पहाडी भूभागमा वर्षाको सम्भावना

Aarya News Desk 963  पटक हेरिएको

विराटनगर। मंगलबार दिउँसो देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातको समयमा देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: २०२२-११-०१ , समय : ०८:४९:१५ , ३ वर्ष अगाडि

error: Content is protected !!