बि.स. : २०८३ आषाढ ०९, मंगलबार

नेकपा (एमाले)ले आज दिउँसो साढे १ बजे घोषणापत्र सार्वजनिक गर्ने

Aarya News Desk 3517  पटक हेरिएको

विराटनगर। नेकपा (एमाले)ले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ। प्रमुख प्रतिपक्ष दल एमालेले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को निर्वाचन घोषणा पत्र आज दिउँसो साढे १ बजे सार्वजनिक गर्ने तयारी भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

उनले आज घोषणापत्रमार्फत समृद्धिको मार्गचित्र सार्वजनिक गर्ने स्पष्ट पारे। ‘हामी जे गर्न सक्छौँ, त्यो भन्न सक्छौँ । हामी जे भन्न सक्छौँ, त्यो गर्न सक्छौँ।’, रिजालले थपे, हामी आगामी पाँच बर्षमा के–के गर्न सक्छौँ ? दीर्घकालीन रुपमा देशलाई कसरी अगाडि बढाउन सक्छौँ ? नेकपा (एमाले) ले आज घोषणापत्रमार्फत समृद्धिको मार्गचित्र सार्वजनिक गर्दैछ।

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा र सङ्कल्पलाई आत्मसात् गर्दै घोषणापत्र आउने जनाएको छ। एमालेको चुनावी घोषणापत्र निर्माणका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा मस्यौदा समिति गठन गरिएको थियो। उक्त समितिले आएका सुझावलाई समेटेर अन्तिम रूप दिएको हो।

पार्टीको घोषणा पत्र सार्वजनिक भएपछि अध्यक्ष केपी शर्मा ओलीसँग लाइभ डिबेट पनि हुनेछ।

एमालेविरुद्ध मोर्चाबन्दी गरेका सत्ता गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले छुट्टाछुट्टै घोषणा पत्र सार्वजनिक गरेका छन्।

प्रकाशित मिति: २०२२-११-०१ , समय : ०८:३९:२५ , ४ वर्ष अगाडि

error: Content is protected !!