बि.स. : २०८२ माघ २७, मंगलबार

६७ औँ प्रहरी दिवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

Aarya News Desk 1777  पटक हेरिएको

विराटनगर। “६७ औँ प्रहरी दिवस २०७९” को अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. सुदिप गिरीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, १ नम्बर प्रदेश ट्राफिक ब्यबस्थापन तथा राजमार्ग सुरक्षा कार्यालय ईटहरी, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण, १ नम्बर प्रदेश बिशेष सुरक्षा गण दुहवी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रहेका ४१ जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका छन् ।

साथै १ नम्बर प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुले समेत आजै आ-आफ्नो जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।

प्रकाशित मिति: २०२२-१०-१३ , समय : १२:४२:१८ , ३ वर्ष अगाडि

error: Content is protected !!