बि.स. : २०८३ बैशाख १७, शुक्रबार

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरे

Aarya News Desk 2271  पटक हेरिएको

विराटनगर। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ। आइतबार बिहान आयोगले राजनीतिक दलले बुझाएको प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सूची सार्वजनिक गरेको हो।

आयोगले समानुपातिक तर्फका उम्मेदवारलागि मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरी यही असोज २ र ३ गते उक्त बन्दसूची पेस गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको थियो। आयोगका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको निर्वाचनमा ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिँदैछ।

आयोगले सार्वजनिक गरेको समानुपातिक तर्फका प्रतिनिधि सभाका उम्मेदवारको नामावली :

Pratinidhi_Sabha_samanupatik 2079

प्रकाशित मिति: २०२२-१०-०९ , समय : १२:०५:३४ , ४ वर्ष अगाडि

error: Content is protected !!