बि.स. : २०८२ चैत्र २३, मंगलबार

राष्ट्रपतिसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण देखाउ आदेश

Aarya News Desk 2459  पटक हेरिएको

काठमाडौं। सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्काे रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपतिसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरेको हो। गत असोज ४ गते नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने समयसीमा थियो। तर, राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन्।

संघीय संसदका दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि त्यसविरुद्ध सर्वोच्चमा पाँचजनाले रिट दायर गरेका थिए।

प्रकाशित मिति: २०२२-०९-२५ , समय : १४:१३:३० , ४ वर्ष अगाडि

error: Content is protected !!