बि.स. : २०८३ कार्तिक २०, बिहिबार

नेपाली काँग्रेसको १५औँ महाधिवेशन निर्णायक चरणमा प्रवेश

Aarya News Desk 8527  पटक हेरिएको

नेपाली काँग्रेसको १५औँ महाधिवेशन निर्णायक चरणमा प्रवेश गरेको छ। महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आज नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बस्दैछ।

अबको बैठकमा के–के विषयमा छलफल हुँदैछ? विधान संशोधनमा के निर्णय हुन्छ? र बन्दसत्रमा सभापति गगनकुमार थापाले कस्तो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन्?

यी विषयमा केन्द्रित हुँदै आज बिहान १० बजे खुलामञ्चमा काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहनेछ।

बैठकमा महाधिवेशनको बन्दसत्रमा पेश गरिने विधान संशोधनलगायतका विषयमा छलफल हुनेछ। केन्द्रीय कार्यसमिति बैठक सकिएलगत्तै महाधिवेशनको बन्दसत्र सुरु हुनेछ।

बन्दसत्रमा सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी रणनीति समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ।

प्रकाशित मिति: २०२६-१०-०५ , समय : ०८:५८:१४ , १ महिना अगाडि

error: Content is protected !!