बि.स. : २०८२ आषाढ २४, बुधबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

दसगजा भित्र भारतीय सुरक्षाकर्मी बसेर आफ्मो गतिबिधि संचालन गर्दा पनि नेपाली सुरक्षाकर्मीहरु रमिते

राजीव कुशवाहा 2302  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

विराटनगर । भारतीय एसएसबीले नेपाल भारत दसगजा सिमा अतिक्रमण गरि आफ्नो काम कारवाही अगाडी बढाउदा पनि नेपाली पक्ष मुखदर्शक भएर बसेका छन।

रानी विराटनगरदेखि जोगवनी जाने बाटो दसगजा क्षेत्र भित्र भारतीय सुरक्षाकर्मी बसेर आफ्मो गतिबिधि संचालन गर्दा पनि नेपाली सुरक्षाकर्मीहरु रमिते बनेर बसेका हुन्।

गत श्रावण २८ गते शनिवार भारतीय एसएसबी सुरक्षाकर्मी हतियार सहित नेपाल प्रवेश गरि सामान बोक्ने व्यक्तिको सामानहरु खोसेर आफ्नो तर्फ(भारत) लागेका थिए।

यसरी दुई देशको सुरक्षाकर्मीहरु एक अर्काको देशमा प्रवेश गर्दा हतियार सहित प्रवेश गर्न पाइदैन भन्ने कानुनी व्यवस्था छ। यी व्यवस्थालाई भरतीय पक्षका सुरक्षाकर्मीले उलंघन गर्दा नेपाली पक्षका सुरक्षाकर्मीले कुनै किसिमको पर्तिवाद गरेको देखिएन ।

यसरी नेपाली पक्षले पर्तिवाद नगरेका कारण त्यस क्षेत्र बाट आवजावत गर्ने नेपालीहरु असुरक्षित भएको महसुस गरिरहन्छ।

प्रकाशित मिति: २०२२-०८-१५ , समय : ०८:५२:२३ , ३ वर्ष अगाडि

error: Content is protected !!