बि.स. : २०८२ चैत्र १८, बिहिबार

सर्वदलीय बैठक जारी : प्रतिनिधि सभाको पहिलो बैठकका कार्यसूची तय हुँदै

AARYA NEWS DESK 2881  पटक हेरिएको

काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठकअघि कार्यसूची टुंग्याउन सर्वदलीय बैठक बसिरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले संसद् अधिवेशन बोलाएसँगै संघीय संसद् सचिवालयमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी को अध्यक्षतामा छलफल जारी रहेको हो।

फागुन २१ मा सम्पन्न निर्वाचनबाट ६ दल राष्ट्रिय हैसियतमा पुगेपछि पहिलो बैठकलाई विशेष महत्वका साथ हेरिएको छ। उक्त बैठकले सभामुख र उपसभामुख चयन प्रक्रिया सुरु गर्नुका साथै सरकारद्वारा ल्याइएका अध्यादेशहरू पनि पेश गर्ने कार्यसूची बनाइएको छ।

सभामुखका लागि डिपी अर्यालको नाम अघि सार्ने तयारी भित्रभित्रै भइरहेको स्रोत बताउँछन्। उपसभामुख भने सत्ता समीकरण बाहिरका दललाई दिने समझदारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले आन्तरिक परामर्शलाई तीव्र बनाएको छ। सभामुख चयन नभएसम्म प्रतिनिधि सभा बैठकको नेतृत्व ज्येष्ठ सदस्य केसीले नै गर्नेछन्।

प्रकाशित मिति: २०२६-०४-०१ , समय : १५:२२:३० , १ दिन अगाडि

error: Content is protected !!