विराटनगर। एकादशी महिला समाजद्वारा सञ्चालित दुईदिने दाइजो प्रथा विरुद्धको तालिम आजदेखि सुरु भएको छ। उक्त कार्यक्रम विराटनगर महानगरपालिकाको सहयोग तथा एकादशी महिला समाजको आयोजनामा सञ्चालन भइरहेको हो।
“छोरीलाई दाइजो होइन, शिक्षा देऊ” भन्ने मूल नाराका साथ सुरु गरिएको यस तालिममा करिब ६० जना महिला र २५ जना पुरुष गरी जम्मा ८५ जनाको सहभागिता रहेको छ। कार्यक्रमका उद्घोषक देवनारायण मुखियाका अनुसार, एकादशी महिला समाजकी सचिव सरिता कुमारी बहरदारको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नं. ११ का अध्यक्ष तिर्थेन्द्र न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
त्यसैगरी, अरुण पण्डित, समाजकी उपाध्यक्ष रञ्जना मेहता, सह–सचिव मुनि साह, कोषाध्यक्ष सुनिता यादव तथा सदस्यहरू कौशल्या शर्मा र रामवती मुखियालगायतको उपस्थिति रहेको थियो। तालिमका प्रशिक्षक पदम सरदार रहेका छन्।
कार्यक्रमकी सभापति तथा सचिव सरिता कुमारी बहरदारका अनुसार, तालिमको अन्तिम दिन भोलि अझ प्रभावकारी रूपमा प्रशिक्षण दिई सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनेछ।
प्रकाशित मिति: २०२६-०३-२८ , समय : २१:२८:३७ , ५ दिन अगाडि
