देवानगञ्ज । सरकार सामाजिक सञ्जालसम्बन्धी विधेयकबाट पछि हटेको छ। सामाजिक सञ्जालको सञ्चालन र नियमनलाई लिएर व्यापक बहस भइरहेका बेला सरकारले उक्त विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको हो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रयोग, व्यवस्थापन तथा नियमनका लागि ल्याइएको विधेयक २०८१ संसदबाट फिर्ता लिन स्वीकृति दिएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए। विधेयकप्रति विभिन्न पक्षबाट आएका चासो र असहमतिको पृष्ठभूमिमा सरकारको यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यसैबीच, सरकारले निर्माणाधीन संसद भवन परिसरलाई ऐतिहासिक र स्मरणीय बनाउने उद्देश्यसहित अर्को निर्णय पनि गरेको छ। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्मानमा शालिक निर्माण गर्न सिंहदरबार परिसरको गुरुयोजना संशोधन गर्ने निर्णय सरकारले गरेको हो।
प्रकाशित मिति: २०२६-०२-०३ , समय : २०:०६:१६ , ६ दिन अगाडि