बि.स. : २०८२ माघ २६, सोमबार

ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ९ जनालाई पक्राउ

AARYA NEWS DESK 2247  पटक हेरिएको

देवानगञ्ज। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा प्रहरीले चलाएको लागुऔषध नियन्त्रण अभियानका क्रममा ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ९ जनालाई पक्राउ गरिएको छ।

झापामा भद्रपुर नगरपालिका–४ बाट भवानी लिम्बु ४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्। त्यस्तै, बुद्धशान्ति गाउँपालिका–३ बाट श्याम धिमाल र कविन्द्र बस्नेतलाई ६ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको छ।

मोरङतर्फ लेटाङ नगरपालिका–३ की तारा कुमारी लिम्बु २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेकी छन् भने रतुवामाई नगरपालिका–८ का इन्द्रराज घिमिरेलाई ३०० मिलिग्राम ब्राउन सुगरसहित अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले नियन्त्रणमा लिएको छ।

यसैगरी सुनसरीमा इलाका प्रहरी कार्यालय धरानले धरान–१६ का राम तामाङ र सङ्गे शेर्पालाई २२० ट्याब्लेट प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ। धरान–१२ का विनय राई र धरान–१९ का रुविन राईलाई ३७० ट्याब्लेट प्रतिबन्धित औषधीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति: २०२६-०२-०१ , समय : १८:३२:३३ , १ हप्ता अगाडि

error: Content is protected !!