बि.स. : २०८३ आषाढ ०८, सोमबार

सुनसरी टेक्निकल कलेजबाट डीप्लोमा उत्तीर्ण गरेको बनाए नक्कली शैक्षिक प्रमाणपत्र

Aarya News Desk 3175  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

बिराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव-इन्जिजिय रामबाबु यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। ओखलढुंगाको खानेपानी तथा सरसफाई डिभिजन नं. २ मा कार्यरत यादवले योग्यताको प्रमाणपत्र नक्कली देखिएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो।

सुनसरी टेक्निकल कलेजबाट उत्तीर्ण गरेको डीप्लोमा इन सिभिल इन्जिनियरिङको प्रमाणपत्रहरु, लब्धांकपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सक्रिप्ट्स, नक्कली बनाई सरकारी सुविधा प्राप्त लिएको उनीमाथि आरो छ। तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन नं. २, ओखलढुंगामा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आयोगले जनाएको छ।

२०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना मागदाबी गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।

प्रकाशित मिति: २०२२-०८-१० , समय : २१:३८:२८ , ४ वर्ष अगाडि

error: Content is protected !!