बि.स. : २०८२ माघ २६, सोमबार

निर्वाचन आयोगको तयारी तीव्र, ४ करोड मतपत्र छपाइ हुँदै

Aarya News Desk 6884  पटक हेरिएको

देवानगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन आयोगले करिब ४ करोड मतपत्र छाप्ने तयारी गरेको छ। आयोगले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो।

आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २ करोड र समानुपातिक प्रणालीतर्फ पनि २ करोड मतपत्र छापिनेछन्। मतदाताको संख्यालाई आधार मानेर करिब ७ प्रतिशत अतिरिक्त मतपत्र छाप्ने परम्परा रहेको आयोगले जनाएको छ।

आयोगले छापिएका मतपत्रहरू फागुन १० गतेभित्र देशभरका सबै जिल्लामा पुर्‍याइसक्ने लक्ष्य राखेको छ। प्रत्यक्षतर्फका मतपत्र छपाइ कार्य भने माघ ९ गतेपछि सुरु हुने जनाइएको छ।

यसैबीच, निर्वाचन आयोगले निर्वाचन तयारीसम्बन्धी हालसम्मको प्रगति विवरण पनि सार्वजनिक गरेको छ। आयोगका अनुसार निर्वाचन आचारसंहिता पारित भइसकेको छ भने राजनीतिक दल तथा उम्मेदवारका लागि खर्च सीमा निर्धारण, समानुपातिकतर्फको बन्दसूची संकलनलगायतका महत्वपूर्ण काम सम्पन्न भइसकेका छन्।

प्रकाशित मिति: २०२६-०१-०२ , समय : २०:५८:५५ , १ महिना अगाडि

error: Content is protected !!