बि.स. : २०८२ आषाढ २४, बुधबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

भरतपुरमा श्रीमतीले अचानो प्रहार गरि ५६ वर्षीय श्रीमानको हत्या गरे

Aarya News Desk 1076  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

चितवन। भरतपुरमा श्रीमतीले श्रीमानको हत्या गरेको छ। अचानो प्रहार गरि ५६ वर्षीय श्रीमानको मृत्यु गरेको हो ।

घरायसी विवादमा भरतपुर महानगरपालिका-२१ बस्ने ५४ वर्षीय बिनमाया विकले श्रीमान टीकारामलाई अचानोले हानेकी थिइन्। टाउकोमा गम्भीर चोट लागेर अत्याधिक रक्तस्रावका कारण टीकारामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए।। भित्रबाट चुकुल लगाइएको कोठामा खुट्टाले भुँइमा टेकेर टाउको र जीउको भाग खाटमा घोप्टो परेर मृत्यु भएको अवस्थामा प्रहरीले फेला पारेको हो।

बिनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पोष्टमार्टमको लागि टीकारामको शव भरतपुर सरकारी अस्पतालमा राखिएको छ। थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२२-०८-१० , समय : २१:२९:२२ , ३ वर्ष अगाडि

error: Content is protected !!