बि.स. : २०८२ माघ २६, सोमबार

विद्युत महसुल नतिर्ने उपभोक्तामाथि कडाइ, २४९ उपभोक्ताको लाइन काटियो

कोशी प्रदेश सम्वाददाता / आर्य न्युज 8418  पटक हेरिएको

विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले प्रथम चौमासिकसम्म विद्युत महसुल नबुझाउने २४९ जना उपभोक्ताको लाइन काटेको छ।

वितरण केन्द्रका अनुसार सो अवधिसम्म उपभोक्ताबाट ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ महसुल बक्यौता उठ्न बाँकी रहेको छ। नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहले सो जानकारी दिनुभयो। प्राधिकरणका अनुसार बक्यौता रकममध्ये मंसिर मसान्तसम्म १ करोड ५८ लाख ४१ हजार ३०० रुपैयाँ ग्राहकबाट किस्ताबन्दीमार्फत असुल गरिएको छ। साथै, बाँकी बक्यौता रहेका उपभोक्ताको लाइन काट्ने प्रक्रिया निरन्तर जारी रहेको र समयमै आफूले बुझाउनुपर्ने विद्युत महसुल प्राधिकरणलाई बुझाउन उपभोक्तालाई आग्रह गरिएको छ।

वितरण केन्द्र प्रमुख शाहले समयमै विद्युत महसुल बुझाउन उपभोक्तालाई पटक–पटक अनुरोध गरिए पनि अटेर गर्ने ग्राहकको पहिचान गरी लाइन काट्ने कार्यलाई तीव्रता दिइएको जानकारी दिनुभयो।

प्रकाशित मिति: २०२६-०१-०२ , समय : २०:३७:०४ , १ महिना अगाडि

error: Content is protected !!