बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

पाल्पा जीप दुर्घटना : ३ को मृत्यु, ८ घाइते

AARYA NEWS DESK 6067  पटक हेरिएको

देवानगञ्ज। पाल्पामा आज बिहान यात्रुवाहक जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु र ८ जना घाइते भएका छन्। नवलपरासी पूर्वको अरुणखोलाबाट रामपुरतर्फ गइरहेको लु १ ज ३९०८ नम्बरको फोर्स जीप निस्दी गाउँपालिका–४ मित्याल चिउरीबासमा दुर्घटनाग्रस्त भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीका अनुसार, घटनास्थलमै उद्धार कार्य सुरु गरिएको थियो। मृत्यु भएका तीनमध्ये दुई जनाको मात्रै सनाखत भइसकेको छ।

पहिचान भएकामध्ये निस्दी–७ मित्यालकी ३६ वर्षीया हेम कुमारी सारु र निस्दी–४ की ४५ वर्षीया ओम कुमारी खाँम्चा रहेका छन्। अर्को एक महिलाको पहिचान भने अझै खुलेको छैन।

घाइते ८ जनामध्ये ४ जनाको अवस्था गम्भीर भएपछि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डाबाट चितवन मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरण संकलन भइरहेको र दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीले बताएको छ।

प्रकाशित मिति: २०२५-१२-१२ , समय : २०:२५:३७ , ६ महिना अगाडि

error: Content is protected !!