बि.स. : २०८२ चैत्र १८, बिहिबार

रानी विराटनगरमा सशस्त्र प्रहरीले भन्सार छल्लीको सामान बरामद

आर्य न्युज सम्वाददाता 8910  पटक हेरिएको

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म रानी विराटनगरले सवारी साधनहरूमा निगरानी कडा बनाएपछि भन्सार छल्ली गर्ने समूहमा त्रास फैलिएको छ।

गुल्मबाट खटिएको टोलीले पछिल्ला सात दिनभित्र दुई फरक सवारी साधनबाट भन्सार छल्लीका सामान बरामद गरेको छ।

पहिलो घटनामा स्कर्पियो गाडीमा मोटर पार्ट्स लुकाएर ल्याइँदै गर्दा प्रहरीले सामान बरामद गरेको थियो। त्यसको केही दिनपछि, भारतको जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको को.१.च.९३५४ नम्बरको मारुती गाडीलाई रानी सडकखण्डको हनुमान मन्दिर नजिकै चेकजाँच गर्दा लेदरको ज्याकेट र जुत्ता बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका सामान, सवारी साधन र संलग्न व्यक्तिलाई आवश्यक कानूनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको सामानको मूल्य करिब ३ लाख ६४ हजार रुपैयाँ, र सवारी साधनसहित कुल ९ लाख ६४ हजार रुपैयाँ बराबरको रहेको छ।

प्रकाशित मिति: २०२५-११-०९ , समय : २१:१०:०५ , ५ महिना अगाडि

error: Content is protected !!