बि.स. : २०८२ माघ २६, सोमबार

नेपाली कम्युनिस्ट पार्टी जेनजेड फ्रन्टको संस्थापक कमिटी घोषणा

अनुराग साह 7803  पटक हेरिएको

जनकपुर । नेपाली कम्युनिस्ट पार्टी जेनजेड फ्रन्टको संस्थापक कमिटी औपचारिक रूपमा घोषणा गरिएको छ। घोषित कमिटीमा श्याम साह संयोजक, युवराज मिश्र र मुकेश यादव सह–संयोजक, शिव झा सल्लाहकार तथा विभा यादव र विमलेन्द्र अधिकारी सदस्यका रूपमा चयन भएका छन्।

घोषणासँगै आयोजित कार्यक्रममा नव–पुस्ताका प्रतिनिधिहरूले नयाँ विचार, प्रविधि र जोशका साथ देशमा राजनीतिक रुपान्तरण ल्याउने दृढ प्रतिबद्धता व्यक्त गरे।

सह–संयोजक युवराज मिश्रका अनुसार, जेनजेड फ्रन्टको मुख्य उद्देश्य पार्टीभित्र नयाँ पुस्ताको नेतृत्वलाई सशक्त बनाउँदै युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु हो। उनले भने, “अबको नेपालको राजनीतिमा युवाको भूमिका निर्णायक हुनुपर्छ। हामी पार्टी संरचनामा कम्तीमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने माग राख्दैछौं र यसको संस्थागत व्यवस्थापनका लागि निरन्तर संघर्षरत रहनेछौं।”

त्यसैगरी संयोजक श्याम साहले भने, “जेनजेड फ्रन्ट केवल संगठन होइन, यो नयाँ सोच, नयाँ पुस्ता र नयाँ दृष्टिकोणको आन्दोलन हो। हामी देश र पार्टीको हितका लागि सशक्त र अनुशासित युवा नेतृत्व निर्माणमा केन्द्रित रहनेछौं।”

सल्लाहकार शिव झाले फ्रन्टको दीर्घकालीन योजनाबारे बोल्दै युवा र अनुभव दुवैको समायोजनमार्फत पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गरे। त्यस्तै, विभा यादव र विमलेन्द्र अधिकारीले युवाको आवाज र सपनालाई राष्ट्रिय नीतिमा रूपान्तरण गर्ने प्रतिबद्धता दोहोर्‍याए।

जेनजेड फ्रन्टले आगामी दिनमा देशभरका युवालाई संगठित गर्दै पार्टीभित्र नवीन ऊर्जा, सोच र सहभागिताको नयाँ लहर ल्याउने घोषणा गरेको छ।

प्रकाशित मिति: २०२५-११-०९ , समय : १९:४४:५४ , ३ महिना अगाडि

error: Content is protected !!