देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा मोटरसाइकलको ठक्करबाट एक ४ वर्षीय बालकको ज्यान गएको छ। मृतक बालक सोही स्थानका जलाल साफीका छोरा अरमान साफी हुन्।
इलाका प्रहरी कार्यालय देवानगञ्जका अनुसार उत्तरतर्फबाट दक्षिणतर्फ जाँदै गरेको को ३५ प ३०७७ नम्बरको कालो रंगको सुपर स्पेलेन्डर मोटरसाइकलले बाटो काट्दै गरेका बालकलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई स्थानीयवासीको सहयोगमा उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकले उनलाई बचाउन सकेनन्।
घटना देवानगञ्ज–२ स्थित सहायक कालोपत्रे सडकमा भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: २०२५-१०-२८ , समय : १२:२७:११ , ३ महिना अगाडि