विराटनगर । उद्योग , कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका सचिव डां शरण पाण्डे अहिले विवादमा परेका छन । उनी जहाँ सरुवा भएर जान्छन , केही न केही विवाद हुने गरेकै छ । वागमति र मधेश प्रदेशमा रहदा उनी यसैगरि विवादमा परेका थिए । कुनै पनि मन्त्रालयमा उनको १ बर्षे कार्यकाल पुरा भएको छैन ।
गत बर्षको कार्तिक महिनामा सरुवा भएर यस मन्त्रालय आए लगत्तै मन्त्रीले दिएको निर्देशन पालना नगर्ने , सहयोग गर्ने र कर्मचारीविच गुटबन्दी चलाउने प्रवृतीका कारण मन्त्रालयका नियमति कामकाज प्रभावित भएका छन । सचिवले राजनीतिक आवरणमा सरुवा वदर गर्ने जस्ता कदम चालेर मन्त्रीसँग टकराव खेजेपछि उनले प्रयोग गर्दै आएको गाडीको चावी खोसिएको छ ।
कानूनी अधिकारको नाममा व्यक्तीगत स्वार्थ लुकाउने सचिव पाण्डेको प्रवृती देखिएको भन्दै मन्त्रालयका निटक स्रोतहरुले असन्तुष्ठि जनाएका छन ।
कृषि मन्त्रालयका सचिवले देखाएको यस्तो हठिपन केवल मन्त्रीसँगको व्यक्तीगत टकरावमा सिमित छैन , एक कर्मचारीले भने , यसले संस्थागत र नीतिगत काम नै रोकिदिएको छ । किसानले पाउने सुविद्या , बजेट र खर्च र नयाँ कार्यान्व्यन जस्ता महत्वपूर्ण काम सचिवकै कारण अवरुद्ध भएको छ । सूत्र भन्छ, मन्त्रीलाई असफल बनाउन प्रदेशकै गौरवको आयोजना खोरेत रोग मुक्त गर्ने अभियानलाई समेत सचिवले अवरोध गर्न खोजेका थिए । तर मन्त्री खगेनसिं हाङमागको सक्रियतामा पछि सफल भएको थियो । त्यस्तै कृषि मन्त्रालयले उपलब्ध गराउदै आएको किसानलाई व्याज अनुदान कार्यक्रम सचिवकै कारण लक्ष्य अनुसारको प्रगती हुन सकेन ।
यही कारणले मन्त्री र सचिव विचको विवाद सतहमा पुगेपछि उनको यही साउन २६ गते मन्त्रीस्तरीय निर्णय अनुसार कृषि तथा पशुपंक्षी मन्त्रालयमा सरुवा भयो । सरुवा भएको पत्र साउन २८ गते मन्त्रालयमा आएको थियो । तर उनले रमाना नलिई २० दिन सम्म अटेर गरेर बसिरहे । सूत्रका अनुसार उनले फेरी शक्ती केन्द्रको आडमा यही भदौ १३ गते मन्त्रीस्रतीय निर्णय अनुसार सरुवा वदर गराए । सरुवा पत्रमा भनिएको छ , तत्कालै कामकाज गर्ने गरि मुख्यमंत्री तथा मंत्रीपरिषद कार्यालयमा रहनु ।
स्रोतका अनुसार, सचिव र मन्त्रीको विवाद सतह सम्म आईपुग्दा सम्म किन उनी मन्त्रालयनै बस्न चाहान्छ त ? यो प्रश्न यतिवेला कर्मचारी विचनै चर्चाको विषय बनेको छ । यही विवादका विच सोमवार सचिव डा. पाण्डेले प्रयोग गर्दै आएको गाडी मन्त्रीले थुतेका छन । मुख्यमन्त्री कार्यालयमा सरुवा भएका सचिवले कृषि मन्त्रालयका गाडी किन चढिरहेका छन ? यो प्रश्न आएपछि उनको गाडीको चावी खोसिएको सूत्रको भनाई छ ।
उद्योग , कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङमागले सचिव डा .पाण्डेलाई आफूले कुनै पनि हालतमा सचिव पाण्डेलाई स्विकार नगर्ने प्रतिक्रिया दिए । एक पटक सरुवा भएको कर्मचारी फेरी सरुवा वदर गरेर आउछ भने म त्यस्तो सचिवसँग बसेर काम गर्न सक्दिन उनले भने ।
प्रकाशित मिति: २०२५-०९-०१ , समय : २१:२६:५३ , ५ महिना अगाडि