बि.स. : २०८२ माघ २७, मंगलबार

लागू औषधसहित ५ जना विभिन्न स्थानबाट पक्राउ

आर्य न्युज सम्वाददाता 6469  पटक हेरिएको

विराटनगर। सुनसरी र झापा जिल्लाबाट विभिन्न प्रकारका लागू औषधसहित पाँच जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन ३ गते इनरुवा नगरपालिका–६ मा चेकजाँचको क्रममा ४१ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर र ३ हजार ६ सय ९४ क्याप्सुल नियन्त्रित औषधसहित इनरुवा–८ का ३४ वर्षीय मोहमद सफरुल र कोशी गाउँपालिका–५ का ४८ वर्षीय अशोक कुमार यादवलाई नियन्त्रणमा लिएको हो।

त्यसैगरी, अस्थायी प्रहरी चौकी बरगाछीले सोही क्षेत्रमा चेकजाँचका क्रममा ९ सय ३० चक्की नियन्त्रित औषधसहित २१ वर्षीय बिश्व लिम्बुलाई पक्राउ गरेको छ।

यसैबीच, अस्थायी प्रहरी चौकी अमरहाटले धनकुटाको साँगुरीगढी गाउँपालिका–४ का ३२ वर्षीय मनोज राईलाई ४ किलोग्राम गाँजासहित पक्राउ गरेको छ।

त्यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका–३ का २२ वर्षीय साजन मगरलाई ६ सय ३० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका सबै विरुद्ध लागू औषध सम्बन्धी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२५-०७-२० , समय : १२:४७:०४ , ७ महिना अगाडि

error: Content is protected !!