बि.स. : २०८२ माघ २७, मंगलबार

धनुषामा ज्वाइँले छुरा प्रहार गरी वृद्धको हत्या

Aarya News Desk 5638  पटक हेरिएको

जनकपुर । धनुषामा घरायसी विवादका क्रममा ज्वाइँले छुरा प्रहार गरी आफ्नै ससुराको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरका ६५ वर्षीय वासुदेवप्रसाद विमलको हत्या भएको हो। विमललाई उनका ज्वाइँ जनकपुरधाम–२१, कुर्थाका ४८ वर्षीय बेचन महासेठले छुरा प्रहार गरेका हुन्।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहका अनुसार जग्गासम्बन्धी घरायसी विवादका कारण आज बिहान १० बजे बेचनले ससुराको पेटमा छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते भएका विमललाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि आरोपित बेचन महासेठ फरार रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२५-०७-०२ , समय : १४:३६:३९ , ७ महिना अगाडि

error: Content is protected !!