बि.स. : २०८२ माघ २६, सोमबार

एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी तीव्र , एक हप्ताभित्रमा सार्वजनिक

Aarya News Desk 5860  पटक हेरिएको

देवानगञ्ज। वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले आगामी एक हप्ताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्यसहित तयारीलाई तीव्र पारेको छ।

परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम पूरा भइसकेको छ भने हाल प्राप्ताङ्क प्रविष्टि (इन्ट्री) को कार्य जारी छ।

नियोजित कार्यतालिका अनुसार असार ६ गतेभित्र नतिजा प्रकाशित गर्ने योजना रहे पनि गत चैत २० देखि वैशाख १७ गतेसम्म शिक्षकहरूले राजधानीमा गरेको आन्दोलनका कारण समयमै प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ।

गत चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए। अहिले बोर्ड नतिजा प्रकाशनका लागि अन्तिम तयारीमा जुटेको छ।

प्रकाशित मिति: २०२५-०६-२६ , समय : १०:५०:११ , ८ महिना अगाडि

error: Content is protected !!