
बराहक्षेत्र।“अब लागूपदार्थ होइन, जीवन रोजौँ” भन्ने सन्देशसहित बराहक्षेत्र नगरपालिका–१० मा एक दिने विशेष तालिम सम्पन्न भएको छ। समाजसेवी रेशु तामाङको पहलमा आयोजित उक्त कार्यक्रम लागूऔषध दुव्र्यसन नियन्त्रण तथा सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको हो।
तालिममा स्थानीय विद्यालयका ४५ जना विद्यार्थीहरू सहभागी भएका थिए। उनीहरूलाई लागूऔषधको असर, पहिचान, रोकथाम र त्यसबाट जोगिन सकिने उपायहरूबारे जानकारी दिइयो। इलाका प्रहरी कार्यालयका इन्चार्ज दिवस कुँवरले प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रमको सभाध्यक्ष समाजसेवी रेशु तामाङ रहनुभएको थियो भने बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै, नेकपा एमाले बराहक्षेत्र नगर अध्यक्ष सिता भण्डारी पौडेल विशिष्ट अतिथि थिइन्।
कार्यक्रममा स्थानीय प्रहरी प्रमुख, शिक्षक, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र समाजसेवीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो। समिर चन्द्रवंशीले कार्यक्रम सञ्चालन गरेका थिए।
प्रशिक्षणपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजकहरूको भनाइमा युवामाझ यस्ता सचेतनामूलक कार्यक्रमले दीर्घकालीन रूपमा लागूऔषधको नियन्त्रणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०२५-०६-२० , समय : ०७:११:४३ , २ हप्ता अगाडि