बि.स. : २०८३ साउन १७, आइतबार

बुधबार देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

कोशी प्रदेश सम्वाददाता / आर्य न्युज 13347  पटक हेरिएको

विराटनगर। देशभर बुधबार मौसम पूर्ण रूपमा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यसबाहेक, ती चारवटै प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ। महाशाखाले देशका अन्य प्रदेशका केही स्थानहरूमा समेत सामान्य वर्षा हुन सक्ने उल्लेख गरेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको मौसमविद्हरूले बताएका छन्।

वर्षासँगै सम्भावित बाढी, पहिरो र सडक आवागमनमा अवरोध हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: २०२५-०६-१७ , समय : २३:०९:२७ , १ वर्ष अगाडि

error: Content is protected !!