बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

टिकटकमा जातीय उत्तेजना र भ्रामक सामग्री फैलाउने बस्नेत पक्राउ

आर्य न्युज सम्वाददाता 2951  पटक हेरिएको

भक्तपुर। सामाजिक सञ्जालमा जातीय र साम्प्रदायिक उत्तेजना फैलाउने सामग्री सार्वजनिक गर्दै आएकी एक टिकटक प्रयोगकर्ता प्रहरीको फन्दामा परेकी छन्। पक्राउ परेकी व्यक्ति खोटाङ घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेत हुन्।

प्रहरीका अनुसार बस्नेतले टिकटकमा नियोजित रूपमा जातीय र धार्मिक भावनामा खलल पुर्‍याउने खालका भिडियोहरू प्रसारण गर्दै आएकी थिइन्। ती सामग्रीहरूमा प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्षित गर्दै आधारहीन आरोप र टिप्पणी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।

“भ्रामक र उत्तेजनात्मक सामग्रीमार्फत उनले व्यक्तिहरूको चरित्र हत्या गर्ने प्रयास मात्र होइन, संस्था र सम्प्रदायप्रति घृणा फैलाउने काम गरेकी थिइन्,” प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बताए।

प्रहरीले रमा बस्नेतका सामाजिक सञ्जाल गतिविधिहरूमाथि अनुसन्धान अघि बढाएको छ। डिजिटल प्रमाण संकलनसँगै अब कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रहरीले यस्ता किसिमका गतिविधि सामाजिक सद्भाव र सुरक्षाका लागि खतरनाक हुने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: २०२५-०६-१५ , समय : २०:३६:३६ , ३ हप्ता अगाडि

error: Content is protected !!