
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा फेरि उकालो लागेको छ। आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले वृद्धि भई १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार अन्तिम कारोबारमा सुन प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसको तुलनामा आजको भाउले बजारमा चासो थपेको छ।
चाँदीको मूल्यमा भने खासै परिवर्तन आएको छैन। महासंघका अनुसार आज एक तोला चाँदी २ हजार १ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ।
भाउमा यस्तो उतारचढाव अन्तर्राष्ट्रिय बजारको असर र आयात लागतसँग जोडिएको मानिन्छ। लगातारको मूल्यवृद्धिले उपभोक्तामा थप भार पर्ने देखिएको छ भने सुनका थोक व्यापारीहरू पनि मूल्य स्थिरताको अपेक्षामा छन्।
प्रकाशित मिति: २०२५-०६-१५ , समय : १३:१०:५५ , ३ हप्ता अगाडि