बि.स. : २०८२ चैत्र १९, शुक्रबार

यो निर्वाचन एउटा मौका हो ,दुइ तिहाई बहुमत ल्याउने : अध्यक्ष ओली

Desk 3445  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

काठमाडौ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमत आफूतिर पार्ने महासंग्राममा होमीन सम्पूर्ण पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अबको मुख्य केन्द्र संघ र प्रदेश सभाको निर्वाचन रहेको भन्दै यसलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका हुन् ।

अबको मुख्य केन्द्र निर्वाचन हो । यो निर्वाचन एउटा मौका हो । यो हाम्रा निम्ति बहुतै चुनौतीपूर्ण छ । देशको आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली हो,’उनले भने,’ राष्ट्रिय आकांक्षा प्राप्त गर्ने गन्तव्य बनाएर अघि बढाउनुपर्नेछ ।’ अध्यक्ष ओलीले राज्य लोकतान्त्रिक हुनुपर्नेमा जोड दिए। ओलीले भने, ‘उपयुक्त सरकार बनाउनुपर्छ । त्यसले मात्रै देश आधुनिकीकरणतर्फ उन्मुख हुन्छ । बहुसंख्यक जनताको साथ र समर्थक पाउनुपर्छ । कम्तिमा हामीलाई दुई तिहाइ बहुमत चाहिने हो । तर सम्भावना कम छ।’

उनले एमालेलाई दुइ तिहाई बहुमत आवश्यक रहेको बताए। ‘अहिले हामीले दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन । इमान्दार प्रयासलाई अघि बढायौं भने बहुमत प्राप्त गर्न सक्छौं । हामीले केन्द्र र प्रदेश सरकारमा बहुमत प्राप्त गर्नुपर्छ । मुख्य कुरा केन्द्रमा आफ्ठेरो नपर्ने गरि बहुमतको सरकार गठन गर्न आवश्यक छ ,’उनले भने।

प्रकाशित मिति: २०२२-०८-०५ , समय : १४:१४:०५ , ४ वर्ष अगाडि

error: Content is protected !!