बि.स. : २०८३ साउन १७, आइतबार

देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा

आर्य न्युज 7765  पटक हेरिएको

देवानगञ्ज । बुधबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार, देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वा मध्यम खालको वर्षा हुन सक्छ।

यस्तै, हिमाली तथा उच्च पहाडी भेगका एक–दुई स्थानमा वर्षासँगै हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

रातिको समय पनि दिनको जस्तै आंशिकदेखि सामान्य बदली नै रहनेछ। देशका थोरै भागमा चट्याङ र गडगडाहटसहित वर्षा हुन सक्ने देखिएको छ। उचाइमा रहेका क्षेत्रहरूमा भने वर्षासँगै हिमपातको सम्भावना कायम छ।

प्रकाशित मिति: २०२५-०६-११ , समय : ०८:२८:३१ , १ वर्ष अगाडि

error: Content is protected !!