बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

पछिल्लो २४ घन्टामा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि: थप २ जनाको मृत्यु

Desk 3842  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

बिराटनगर श्रावन १० गते। थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा परीक्षण भएका ५०५५ नमूनामध्ये ६३८ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको हो।

मन्त्रालयका अनुसार पीसीआरबाट २२१५ र एन्टिजेन विधिबाट २८४० नमूनाको परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ४०० र एन्टिजेनबाट २३८ जनामा संक्रमण पुष्टि भएको हो।आज कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। हाल कोरोना सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको मन्त्रालयले जनाएको छ। छिल्लो २४ घन्टामा २ लाख ५७ हजार ८७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले अनिवार्य मास्क लगाउन,भौतिक दुरी कायम गर्न र सरसफाईमा विशेष ध्यान आग्रह गरेको छ।

प्रकाशित मिति: २०२२-०७-२६ , समय : १६:०४:२७ , ४ वर्ष अगाडि

error: Content is protected !!