बि.स. : २०८२ चैत्र २७, शनिबार

तीनकुने घटनामा संलग्न अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

Aarya News Desk 3928  पटक हेरिएको

काठमाडौं। गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा संलग्न रहेको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई आइतबार राजधानीको सुकेधाराबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले घटनामा संलग्न रहेको आरोपमा बस्नेतलाई पक्राउ गरिएको पुष्टि गरेका छन्। उनले भने, “अध्यक्ष बस्नेतलाई आज सुकेधाराबाट पक्राउ गरेका छौँ। घटनासम्बन्धी आवश्यक अनुसन्धान सुरु गरेका छौँ।”

तीनकुनेमा भएको घटनाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन भने अनुसन्धानको क्रममा थप व्यक्तिहरूको संलग्नता र घटनाको कारण खुल्ने अपेक्षा गरिएको छ। प्रहरी स्रोतका अनुसार घटनाको प्रकृति गम्भीर रहेको र अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

प्रकाशित मिति: २०२५-०५-११ , समय : २१:४९:४७ , ११ महिना अगाडि

error: Content is protected !!