बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

मिक्लाजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु

Aarya News Desk 2111  पटक हेरिएको

पाँचथर। पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ स्थित नावाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको ज्यान गएको छ। मिक्लाजुङ गाउँपालिका–७ का २० वर्षीय ईसारा थिगिमको जनेरेटरबाट अचानक करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो।

थिगिम वैशाख २७ गते दिउँसो करेन्ट प्रवाह गरेर माछा मार्ने उद्देश्यले नावाखोला पुगेका थिए। सोही क्रममा प्रयोग गरिएको जनेरेटरबाट अचानक करेन्ट लागेपछि उनी गम्भीर घाइते भए पनि घटनास्थलमै प्राण गुमाएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रवि, पाँचथरबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ। साथै, प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रहरीका अनुसार नदी, खोला र अन्य जलस्रोतमा विद्युत प्रवाह गरेर माछा मार्न खोज्नु अत्यन्तै खतरनाक मात्र नभई गैरकानुनी कार्य पनि हो। यस प्रकारका गतिविधि नियन्त्रण गर्न समुदायस्तरमै सचेतना आवश्यक रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: २०२५-०५-११ , समय : १३:०४:०६ , २ महिना अगाडि

error: Content is protected !!