बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

झापा र खोटाङमा पारिवारिक वादविवादले लियो ज्यान, दुई जनाको मृत्यु

Aarya News Desk 3013  पटक हेरिएको

देवानगञ्ज। झापा र खोटाङमा पारिवारिक वादविवादले उग्र रूप लिएपछि श्रीमान-श्रीमतीबीच भएको झगडाले दुःखद परिणति निम्त्याएको छ। दुवै जिल्लामा श्रीमानले श्रीमती र श्रीमतीले श्रीमानको हत्या गरेका घटनाहरू सार्वजनिक भएका छन्।

झापा जिल्लाको कनकाई नगरपालिका–२ सुकेडागीमा ३५ वर्षीय कविराज हेमरनले वैशाख २७ गते राती साढे ८ बजे आफ्नी श्रीमती ३४ वर्षीया पूजा हेमरनको खुकुरी प्रहार गरी हत्या गरेका छन्। इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको टोलीले घटनापछि अभियुक्त श्रीमानलाई नियन्त्रणमा लिएको छ भने मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

त्यसैगरी, खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–९ मा पनि पारिवारिक झगडाले एक जनाको ज्यान गएको छ। ५३ वर्षीया रेनुका राईले आफ्ना ५१ वर्षीय श्रीमान् पाँचकर्ण राईलाई कोदालोको पासोले टाउकोमा प्रहार गरेकी थिइन्। गम्भीर घाइते भएका राईलाई प्रहरी चौकी अर्खौलेको टोलीले उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौंस्थित न्युरो अस्पताल पुर्‍याएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुवै घटनाका दोषीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ। लगातार बढिरहेका यस्ता घरेलु हिंसाका घटनाले समाजमा गम्भीर प्रश्न खडा गरेको छ।

प्रकाशित मिति: २०२५-०५-११ , समय : १२:५२:५३ , २ महिना अगाडि

error: Content is protected !!