बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

काठमाडौँमा चैत्र १५ गतेको जुन घटना घट्यो उक्त घटना सरकारले घटाए : देवेन्द्र पौडेल

मधु सुधन ज्ञवाली 4772  पटक हेरिएको

विराटनगर। गणतान्त्रिक संविधानलाई संशोधन नगरेमा नेपालको नाम विश्वको मानचित्रबाट हट्न सक्छ।

नेपाली कांग्रेस बीपीका महामन्त्री देवेन्द्र पौडेलले सो कुरा भन्नुभएको हो २०६२/०६३ को आन्दोलन राजा फाल्ने आन्दोलन थिएन। राजसंस्थालाई जीवन्त राख्ने प्रतिनिधि सभा पूर्ण स्थापना गर्ने थियो। तर आन्दोलनले सफलता हासिल गरेपछि राज संस्था फ्यालिएको भन्नुहुँदै नेपालको लागि राजसंस्था अपरिहार्य पर्छ पौडेलको भनाइ थियो।

राजा महेन्द्रले बीपी कोइरालालाई जेल हाल्दा बीपीले भनेका थिए राजावादी राजसंस्था मात्र हुन सक्छ नेताहरू नेपालमा नभए अन्य मुलुकमा जान सक्छन् भन्नु हुँदै नेपालमा राज संस्थाको पुनःस्थापना हिन्दू राज्यको स्थापना आवश्यक छ भन्नुभयो। चैत्र १५ गते काठमाडौँमा जुन घटना घट्यो उक्त घटना सरकारले घटाएको हो।

मुलुकको अवस्था दयनीय छ। गणतन्त्र आएपछि जति राष्ट्रिय पति भए उनीहरु नेपालको राष्ट्रपति हुन सकेन दलका राष्ट्रपति भएको चर्चा गर्दै राजसंस्था बिनाको नेपालको कल्पना गर्ने सकिदैन। नेपाली कांग्रेसले बीपी कोइरालाको सिद्धान्तलाई बिर्सेको छ नेपालमा दुई धार छन् पहिलो गणतन्त्रवादी दोस्रो राजसंस्थावादी भन्नुभयो।

प्रकाशित मिति: २०२५-०५-०२ , समय : १२:००:४० , २ महिना अगाडि

error: Content is protected !!