बि.स. : २०८२ आषाढ २३, मंगलबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

पोखरीमा डुबेर दुई बालकको मृ*त्यु

Aarya News Desk 2437  पटक हेरिएको

बर्दिबास। महोत्तरीको मनरा शिसवा नगरपालिका–१ ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर दुई बालकको मृ*त्यु भएको छ।

स्थानीय विकेश सिंहका १० वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पथरघाटा लक्ष्मीपट्टी गाउँ निवासी रूपेश सिंहका ९ वर्षीय छोरा आयुषकुमार सिंहको मंगलबार डुबेर मृ*त्यु भएको हो।

आयुषकुमार आफ्नो आफन्तको घरमा आएको बेला घटना भएको हो।

प्रहरीका अनुसार, पोखरीमा डुबेर अशक्त भएका उनीहरूको उपचारका लागि मनरा नगर अस्पताल लगिएको थियो। उपचारका क्रममा दुवैको ज्यान गएको चिकित्सकले बताएका छन्।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए।

प्रकाशित मिति: २०२५-०४-३० , समय : ०९:४३:४३ , २ महिना अगाडि

error: Content is protected !!