बि.स. : २०८२ आषाढ २३, मंगलबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

युएई पठाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ

Aarya News Desk 1944  पटक हेरिएको

देवानगञ्ज ।  वैदेशिक रोजगारका लागि युएई पठाइदिने भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका-६ घर भई काठमाडौंको चन्द्रागिरी बस्ने २९ वर्षीय उमेश गुरुङ रहेका छन्। 

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी युएई लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेका थिए। 

विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरुले उजुरी गरेका थिए। उजुरीपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चन्द्रागिरीबाट पक्राउ गरेको हो। कार्यालयका अनुसार उनले चार जनाबाट ६ लाख रुपैयाँ लिएका थिए। 

प्रकाशित मिति: २०२५-०४-३० , समय : ०९:४०:०२ , २ महिना अगाडि

error: Content is protected !!