बि.स. : २०८२ माघ २६, सोमबार

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगे

Aarya News Desk 7545  पटक हेरिएको

देवानगञ्ज । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९१ हजार कायम भएको छ।

यो मूल्य हालसम्मकै उच्च हो। यसअघि अघिल्लो बिहीबार प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो।

आज सुनको मूल्य बढेपनि चाँदीको भाउ भने स्थिर छ। चाँदी एक तोलाको १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: २०२५-०४-२१ , समय : १२:४३:३५ , १० महिना अगाडि

error: Content is protected !!