बि.स. : २०८२ आषाढ २३, मंगलबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

घाँटीमा मासु अड्केर कुँवरको मृत्यु

Aarya News Desk 5594  पटक हेरिएको

देवानगञ्ज। अछाममा घाँटीमा मासु अड्केर एक जनाको मृत्यु भएको छ।

मासु अड्किएर वेहोस भएपछि अस्पताल भर्ना गरिएका साँफेबगर नगरपालिका–५ नवाठानाका ४२ वर्षीय डम्बरबहादुर कुँवरको मृत्यु भएको हो।

शनिबार गाउँमै काटेको खसीको मासु घरमा ल्याएर पकाएर खाने क्रममा घाँटीमा अड्किएपछि करिब ११ बजेतिर कुँवर वेहोस भएका थिए। उनलाई तत्कालै वयलपाटा अस्पताल लगिएको थियो।

अछाम प्रहरीका डीएसपी इश्वरीप्रसाद भण्डारीका अनुसार उपचारकै क्रममा उनको मृत्यु भएको हो। घटनाको जानकारीका लागि इन्स्पेक्टर उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको छ।

प्रकाशित मिति: २०२५-०४-०५ , समय : १६:५३:०९ , ३ महिना अगाडि

error: Content is protected !!