बि.स. : २०८२ चैत्र १९, शुक्रबार

कोशी प्रदेशका ९ जिल्ला बन्द। जनजीवन प्रभावित

कोशी प्रदेश सम्वाददाता 7039  पटक हेरिएको

देवानगञ्ज । कोशी प्रदेशका ९ जिल्लामा यातायात बन्दका कारण जनजीवन प्रभावित बनेको छ । ताप्लेजुङको पाथिभरामा केबलकार बनाउन नहुने माग राख्दै सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभामा यातायात बन्द गरिएको हो ।

बन्दको प्रभावका कारण जनजीवन प्रभावित बनेको छ । यी जिल्लामा आज र भोलि यातायात बन्द गर्न आह्वान भएसँगै बन्दको प्रभाव परेको हो । मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत सम्पूर्ण संस्था एवम् राजनीतिक दलहरूले बन्द गरेका हुन् ।

केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त संघर्ष समिति, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समितिलगायत संघसंस्था उभिएका छन् ।

प्रकाशित मिति: २०२५-०२-०२ , समय : ०९:५३:४७ , १ वर्ष अगाडि

error: Content is protected !!