बि.स. : २०८२ चैत्र २८, आइतबार

खुल्ला सिमानाको कारण बिउ बिजनको समेत तस्करी

कोशी प्रदेश सम्वाददाता 4057  पटक हेरिएको

विराटनगर। खुल्ला सिमानाको कारण बिउ बिजनको समेत तस्करी हुने गरेको छ।

स्थानीय सरकारले च्याउ खेती गर्ने र त्यसको उत्पादन व्यवस्थापनको लागि तालिम दिने गरेको छ। उक्त तालिम दिएका मध्ये ५ प्रतिशतले पनि च्याउ खेती गरेको पाइँदैन।

सरकारी तहबाट चाहिने च्याउको बिउ व्यवस्थापन गर्न नसक्दा अवैध बाटो बाट च्याउको बिउ तस्करी भएर आउने गरेको पाइएको छ। माघको दोस्रो सत्ता विराटनगर १७ स्थित मोटेरुवा क्षेत्रबाट अबैध तरिकाले लुकाई छिपाई ल्याएको च्याउको बिउ त्यहाँ कार्यरत सशस्त्र प्रहरी बल नेपालको टोलीले बरामद गरेको थियो।

यसरी बरामद गरिएको च्याउको बिउ १०० केजी रहेको र सो को मूल्य ८० हजार रहेको बताइन्छ प्लान्ट क्वारेटिन कार्यालय विराटनगरको रोहबरमा सशस्त्र प्रहरी बल नेपाल रानी विराटनगरले नष्ट गरेको छ।

प्रकाशित मिति: २०२५-०१-३० , समय : १४:१७:३० , १ वर्ष अगाडि

error: Content is protected !!