बि.स. : २०८२ चैत्र २८, आइतबार

पौस महिनामा ६१ लाख भन्दा बढी मूल्य बराबरको सामान बरामद

कोशी प्रदेश सम्वाददाता 3139  पटक हेरिएको

विराटनगर। भन्सार छलेर ल्याइरहेको अवस्थामा सामान नियन्त्रणमा लिई नियमनकारी निकायमा बुझाउने काम सुरक्षा निकाय र भन्सार कार्यालयबाट भइरहेको छ।

पौष महिनामा मात्र सशस्त्र प्रहरी बल नेपाल नेपाल प्रहरी र भनसार कार्यालयबाट जम्मा चोरी पैठारी सम्बन्धी ८४ वटा मुद्दा दर्ता भएको छ। नेपाल प्रहरीको तर्फबाट २९ वटा चोरी पैठारी सम्बन्धी मुद्दा दर्ता हुँदा २६ लाख २८ हजार मूल्य बराबरको सामान भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरी बल नेपालको तर्फबाट ५७ वटा चोरी पैठारी सम्बन्धि मुद्दा दर्ता भएको छ। उक्त मुद्दाबाट ३४ लाख ६५ हजार मूल्य बराबरको सामान बुझाएको छ भने भन्सार कार्यालयको तर्फबाट ३ वटा चुरी पैठारी मुद्दा दर्ता भएको छ। सो वाट २७ हजार मूल्य बराबरको सामान रहेको छ।

यसरी भन्सार कार्यालय विराटनगरमा बुझाएको सामान मध्ये प्रोटिन, खाद्यान, कपडा,मोटर पार्टस लगायत रहेको छ।

प्रकाशित मिति: २०२५-०१-२९ , समय : १२:५८:३९ , १ वर्ष अगाडि

error: Content is protected !!