बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

देवानगञ्ज गाउँपालिकाले दुई जना कर्मचारीको पद, तह वृद्धि गरे

राजीव कुशवाहा 13103  पटक हेरिएको

देवानगञ्ज। देवानगञ्ज गाउँपालिकाले दुई जना कर्मचारीको पद, तह वृद्धि गरिएको छ। लेखा शाखा कार्यरत लेखा सहायक (लेखापाल ) पाँचौ बिन्देश्वर यादव र सि.अ.न.मी निर्मला कुमारी मेहताको पद, तह वृद्धि गरिएको हो।

गाउँपालिकाले तह वृद्धि सम्बन्धि सुचना जारी गरि जानकारी गराएको छ। `

पालिकाको कार्यपालिका बैठकको निर्णयानुसार कोशी प्रदेश स्थानीय सरकारी सेवा (गठन तथा संचालन) एन २०८० को दफा (४) को उप दफा (५) तथा ऐ.ऐ.ऐनको दफा (२७) को उप दफा (१) का साथै देवानगञ्ज गाउँपालिकाको कार्यरत कर्मचारी तह वृद्धि सम्बन्धि कार्यविधि २०८० बमोजिम तह वृद्धि गरिएको छ।

पद, तह वृद्धि भए संगै यादव लेखा अधिकृत छैठौ र मेहता सि.अ.न.मी निरीक्षक छैठौ भएका छन्।

प्रकाशित मिति: २०२५-०१-२४ , समय : १९:५९:१५ , ५ महिना अगाडि

error: Content is protected !!