बि.स. : २०८२ चैत्र २८, आइतबार

रुपन्देहीमा इँटाले हान्दा भारतीय नागरिकको मृत्यु

Aarya News 2842  पटक हेरिएको

भैरहवा। रुपन्देहीमा कुटपिटको कारणले एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुरका ४० वर्षीय निष्ठुरी केवट रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्लाको सियारी गाउँपालिका–७ हिरागंजस्थित न्यू कामना इँटा उद्योगमा परिवारसहित कार्यरत रहेका केवट र उद्योगमै ट्याक्टर चालकको रुपमा कार्यरत सियारी गाउँपालिका–६ का १९ वर्षीय कृष्ण केवटबीच विवाद भइ कुटपिट भएको थियो ।

कृष्णले इँटाले हान्दा गम्भीर घाइते भएका निष्ठुरीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा बिहीवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवम् सूचना अधिकारी सुरज कार्कीले बताए ।

प्रकाशित मिति: २०२५-०१-१७ , समय : १२:१८:५० , १ वर्ष अगाडि

error: Content is protected !!