बि.स. : २०८३ साउन १५, शुक्रबार

सुनको मूल्यमा वृद्धि

Aarya News 9026  पटक हेरिएको

देवानगञ्ज। आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला चार सयले वृद्धि भएको हो।

आइतबार सुन प्रतितोला एक लाख ५५ हजारमा खरिदबिक्री भएको थियो। आज एक तोला सुनको मूल्य एक लाख ५५ हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसैगरी, चाँदीको मूल्य प्रतितोलामा १० ले बढेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार आठ सय ३० निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको जनाइएको छ। आज एक औंस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ।

प्रकाशित मिति: २०२५-०१-१५ , समय : १५:०७:२१ , २ वर्ष अगाडि

error: Content is protected !!