बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

अमेरिकाको लस एन्जलसको जंगलमा आगलागी

Aarya News 4610  पटक हेरिएको

वासिङटन डिसी। अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो फैलिएको छ। २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको बीबीसी समाचारमा उल्लेख छ।

दमकल विभागले आगलागी भएको क्षेत्रबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको बताएका छन्। यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा छन्।

केही भिडियो फुटेजमा प्यासिफिक पालिसेड क्षेत्रका घरहरू नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देखिन्छ। यहाँ बसोबास गर्ने मानिसहरू आफ्नो घर र सवारीसाधन छोडेर भागेका देखिन्छन्।

क्यालिफोर्नियामा लाखौं मानिसहरूका लागि चेतावनी जारी गरिएको छ। आगो अझै फैलिने खतरा भएको जनाइएको छ।

प्रकाशित मिति: २०२५-०१-०८ , समय : ११:४०:०२ , १ वर्ष अगाडि

error: Content is protected !!