विराटनगर । विराटनगर १० मा रहेको ओसियन ईन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले विद्यार्थीहरुलाई सम्मान गरेको छ । ओसियन एक कार्यक्रमको आयोजना गरेर देशका विभिन्न कलेजहरुमा पुर्ण छात्रबृतीमा नाम निकाल्न सफल २० भन्दा बढि विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
ओसियन ईन्स्टिच्युट एण्ड कन्सल्टेन्सीबाट मेडिकल र ईन्जिनियरिङको तयारी कक्षा अध्ययन गरेर देशका विभिनन मेडिकल र ईन्जिनियरिङ कलेजहरुमा पुर्ण छात्रबृतीमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई ओसियनले सम्मान गरेको हो । ओसियनबाट हरेक बर्ष धेरै संङख्यामा विद्यार्थीहरुले पुर्ण छात्रबृतीमा नाम निकाल्दै आईरहेका छन् ।
कार्यक्रममा ओसियनका अध्यक्ष अफरोज शेख, कान्तिपुर कलेजका प्रिन्सिपल भुवन नेपाल, डाईरेक्टर राघविन्द्र यादव, प्रदिपकुमार दाश,सुरज मण्डल लगायतले अविर माला लगाईदिएर प्रमाण पत्र प्रदान गरेका थिए ।
ओसियनले दक्ष शिक्षकहरु र विद्यार्थीहरुलाई राम्रो अध्ययन गराउने भएका कारण आफुहरुले पुर्ण छात्रबृतीमा नाम निकाल्न सफल भएको विद्यार्थीहरु बताउँछन् । ओसियन इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले विद्यार्थीहरुलाई ट्युसन कक्षा, कम्प्युटर कक्षा, विशेष अध्ययनमा जाने विद्यार्थीहरुलाई आएल्स र पिटिई कक्षा समेत संचालन गर्दै आईरहेको छ ।
ओसियनले हरेक बर्ष पुर्ण छात्रबृतीमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई सम्मान गर्दै आईरहेको र ओसियनबाट धेरै संङ्ख्यामा विद्यार्थीहरुले विविन्न क्षेत्रमा पुर्ण छात्रबृतीमा नाम निकाल्दै आईरहेको अध्यक्ष अफरोज सेखले बताएका छन् ।
प्रकाशित मिति: २०२५-०१-०३ , समय : २२:२४:०३ , १ वर्ष अगाडि