बि.स. : २०८२ चैत्र १९, शुक्रबार

संघीय संसद बैठक दिउँसो १ बजे बस्ने

Desk 3729  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

काठमाडौं श्रावन ५ गते। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ।
बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा दुई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल हुने संभावित कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्प त्ति भएको ‘तथ्यांक विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्‍ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संघीय संसदको महासचिव भरतराज गौतमले जानकारी दिएका छन्।यस्तै, भौतिक पू्र्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूचीमा उल्लेख छ।

प्रकाशित मिति: २०२२-०७-२१ , समय : ११:५३:३२ , ४ वर्ष अगाडि

error: Content is protected !!