बि.स. : २०८२ माघ २६, सोमबार

मकालु एभरेष्ट हस्पिटलमा AIIMS भारतको फिजिसियन डाक्टरको सेवा

Aarya News Desk 9506  पटक हेरिएको

विराटनगर। बिराटनगर अवस्थित मकालु एभरेष्ट हस्पिटलमा भारत बाट आएका फिजिसियन डाक्टरको सेवा अब उपलब्ध हुने भएको छ। AIIMS (भारत ) बाट INTERNAL MEDICINE मा MD गर्नुभएका वरिष्ठ फिजिसियन डाक्टर बिमलेश यादवको दिनभर OPD सेवा उपलब्ध हुने भएको हो।

वरिष्ठ फिजिसियन डाक्टर यादवको विशेषत : OPD , IPD , ICU , लगयात मुटु, फोक्सो , मृगौला, कलेजो, स्नायु ,बाथ ,सुगर/ मधुमेह , थाइराइड , रक्तचाप, संक्रामक रोग लगायत का उपचारका साथ् २४ सै घण्टा अब सेवा उपलब्ध रहने प्रमुख कार्यकारी अधिकृत सन्तोष मेहताले जानकारी दिए।

वरिष्ठ फिजिसियन डाक्टर यादव बि पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा MBBS तथा AIIMS (भारत ) बाट पुर्ण छात्रवृत्तिमा INTERNAL MEDICINE मा MD गरी हाल मकालु एभरेष्ट हस्पिटलमा आफ्नो सेवा विस्तार गर्ने डाक्टर यादवले बताए।

प्रकाशित मिति: २०२४-११-२४ , समय : १८:२१:२७ , १ वर्ष अगाडि

error: Content is protected !!